समाचार

बन्दाबन्दीमा अपराध बढ्यो, यस्तो छ मुद्धाको चाङ



काठमाडौँ – कोरोना महामारी शुरु भएसँगै गत वर्ष लकडाउनको अवधिमा समाजमा हुने जघन्य प्रकृतिका अपराधमा कमी आएको थियो । लकडाउन खुकुलो हुँदै जाँदा अपराधका घटनाहरु फेरि बढ्न थाले ।

गत वर्ष लकडाउनको समयमा भएका अपराधका घटना र लकडाउन खुलेपछिका घटनाको तुलनात्मक अध्ययन गर्दा बलात्कार, हत्या र आत्महत्याका घटनामा बढोत्तरी भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा कर्तब्य ज्यान, बलात्कार र बलात्कार उद्योग जस्ता गम्भीर प्रकृतिका अपराधमा केहि कमि आएपनि घरेलु हिंसा बढेका छन् ।

प्रहरीको तथ्याङ्क अनृसार आर्थिक वर्षको सुरुवाती ४ महिनामै ज्यान सम्बन्धि ८ हजार ५९, आत्महत्या सम्बन्धि ७ हजार एक सय १७, चोरी सम्बन्धि २ हजार ३ सय ८२, संगठीत तथा आर्थिक अपराध ४ हजार ६ सय ५२, सामजिक अपराध ८ हजार एक ६८, महिला तथा वालवालिका ४ हजार ७ सय ५, सवारी सम्बन्धी २ हजार एक सय ७८ गरि देशै भर ४० हजार एक सय २० अपराधिक घटना घटेका थिए । त्यस्तै विविधतर्फ २ हजार ८ सय ३६ मुद्दा दर्ता भएको तथ्याङले देखाएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा ४१ हजार ८ सय ९८ मुद्दा दर्ता भएको तथ्याङ छ भने चालु आर्थिक वर्षको शुरुवाती ४ महिनामै ४० हजार एक सय २० मुद्दा दर्ताको तथ्याङका अनुसार गत वर्षको तुलनामा यस्ता अपराधका घटनाहरु दोव्वर मात्रामा बढेका देखाएको छन् ।