राजनीति

ऊर्जा मन्त्री भुसाल र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता


काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा अमेरिकी राजदूत र्‍याण्डी बेरी र पम्फा भुसालबीच भेटवार्ता भएको हो । भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको उर्जा मन्त्री भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।