काठमाडौँ – अफगानिस्तानमा सुरक्षा कारबाहीमा परि एकैदिन ५ सय ७० जना विद्रोही लडाकू मारिएका छन् । पछिल्लो २४ घण्टामा भएका घटनामा परी ५ सय ७० जना तालिबान लडाकूहरु मारिएको रक्षा मन्त्रालयले जनाएको छ । घटनामा परी अन्य १ सय ६१ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
देशका नान्गार्हार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीरलगायतका क्षेत्रमा घटना भएका हुन् । अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढेका छन् ।


प्रतिक्रिया