समाचार

मेयरको भाइको कर्तुत : १० बाख्रा वितरण गरी सय वटाको भुक्तानी


काठमाडौँ – धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासका भाइ लखन दासले बाख्रा वितरणको नाममा झण्डै पाँच लाख रुपैयाँ अनियमितता गरेको रहस्य खुलेको छ ।

नगरपालिकाका निमित प्रशासकीय अधिकृत संजिव साहको मिलेमतोमा लखनले १० वटा मात्रै बाख्रा वितरण गरी ४ लाख ७० हजार रुपैयाँ भुक्तानी लिएको खुलासा भएको हो ।

लखनले विदेह नगरपालिका ७ स्थित भगवती बाख्रा पालन कृषि समूह जोगियाबाट एक सय वटा बाख्रा खरिद गरेको बिल नगरपालिकामा पेश गरी ४ लाख ७१ हजार भुक्तानी लिएको कार्यालय श्रोतले जनाएको छ । दासले ९/१० वटा मात्र बाख्रा वितरण गरी निमित प्रशासकीय अधिकृत साहसँग साँठगाँठ गरी एक सय वटाको प्रमाण बनाएर नगरपालिकाबाट सो रकम झिकेका हुन् ।