राजनीति

सत्तारुढ गठबन्धनबीच छलफल जारी


काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कार्यदलले बुझाएको सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ । प्रधामन्त्री तथा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भइरहेको हो ।

बिहान साढे नौ बजेबाट सुरु बैठकमा कार्यदलले बुझाएको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने र मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको माओवादी अध्यक्ष दाहाल निकट स्रोतले जानकारी दियो । कार्यक्रमलाई अन्तिम रूप दिने र मन्त्रिपरिषद्लाई टुंग्याउने विषयमा अहिले छलफल भइरहेको हो ।