समाचार

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस


काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकमको वेबसाइट http://www.see.gov.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट नतिजा हेर्न सकिने जनाएको छ । यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सक्छन् ।