समाचार

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

के होला कक्षा १२ को परीक्षा ?


काठमाडौँ – स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित सबै परीक्षा स्थगन गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेपछि आवश्यक निर्णय गर्न बोर्डको बैठक बोलाइएको हो । बैठक बिहान ११ बजे बस्ने छ।

कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्नेगरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा परिरहेको बेला बोर्डले बैठक बसेर आवश्यक निर्णय गर्न लागेको हो।