समाचार

संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशनको अध्यक्षमा खनाल


काठमाडौँ – संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशन (एसकाज) को दशौं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको अध्यक्षमा शंकर खनाल पुनः सर्वसम्मत भएका छन् । उनले यसअघि पनि अध्यक्षको कार्यकाल पूरा गरिसकेका छन् ।

समितिको उपाध्यक्षमा उद्धव भट्टराई, महासचिवमा दिपेश श्रेष्ठ, सचिवमा द्वारिका काफ्ले र कोषाध्यक्षमा सुनिता पोख्रेल रहेका छन् ।

१५ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक दिपेन्द्र वान्तवाले जानकारी दिए । निवर्तमान अध्यक्ष हेमन्त गौतमले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरे ।

साधारणसभाले कोषाध्यक्ष र महासचिवद्वारा प्रस्तुत गत दुई आर्थिक वर्षको आर्थिक तथा प्रगति प्रतिवेदनलाई समेत पारित गरेको छ । २०६८ सालमा स्थापित एसकाज संखुवासभाबाट काठमाडौँ आई पत्रकारिता गरिरहेका पत्रकारहरू आवद्ध संस्था हो ।