राजनीति

सर्वोच्चद्वारा सरिता गिरीलाई संसद सदस्यबाट मुक्त गरेको बारे कारण देखाउ आदेश जारी


काठमाडौँ – सर्वोच्च अदालतले सरिता गिरीलाई प्रतिनिधिसभा सदस्य पदबाट मुक्त गरेको बारे कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज ७ दिन बाटोको म्यादबाहेक १५ दिनभित्रमा कारण देखाउन विपक्षीहरूका नाममा आदेश जारी गरेको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाबाहेक न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् । नेपालले जारी गरेको नयाँ नक्साबारे दिएको विवादित अभिव्यक्तिपछि गिरीलाई समाजवादी पार्टीले सांसदबाट हटाउने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन भएको १ वर्ष बितिसकेपछि सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो ।