राजनीति

कांग्रेसको १४औँ महाधिवेशनको सुनिश्चिततका लागि सभापति देउवालाई ध्यानाकर्षणपत्र


काठमाडौँ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति शेर बहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । विहीबार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै १४ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन् ।

उनीहरुले पार्टी सभापति देउवालाई महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन् । पार्टीका नीति प्रशिक्षण तथा गणेशमान प्रतिष्ठानका सदस्य प्रमोदहरी गुरागाईंले पार्टीलाई वैधानिक हिसावले कब्जा गर्नका लागि विभिन्न बहानामा गरिएका आल्टाल र देखाइएका उदासीनताले आफूलाई झक्झकाएको बताउनुभयो ।

उहाँले ७७ वटै जिल्ला, सबै क्षेत्र र सबै क्षेत्रमा विधिवित ढंगले पार्टीलाई कब्जा गर्ने, गलत गर्ने नियतका साथ कर्महरु भइरहेको र इतिहासलाई छायामा पार्ने कुचेष्ठा गरिएकोले यसमा आफू गम्भीर भएको बताउनुभयो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएपनि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिका अनुसार तल्लो तहको अधिवेश हुन सकेको छैन ।