राजनीति

संघीयताबारे सरकार आफै अनविज्ञ, कर्मचारीले पाएनन् मेसो (भिडियोसहित)


काठमाडौँ – संघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको संसद हरुले आरोप लगाएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठकमा अधिकांस सांसदले सरकारको चर्को आलोचना गरे ।

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको टिप्पणी गरेका छन । संघीय संसद राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै उनले संघीयताबारे सरकार आफै अनविज्ञ रहेको दावी गरे ।
सांसद बिडारीले अहिलेको ‘ब्यूरोक्रेसी’समेत संघीयताको बारेमा जानकार नरहेको ठोकुवा गरे । कानुनका जानकार समेत रहेका विडारिले नेपालमा कति वटा ऐन छन भन्ने कुरा नेपाल सरकारका पदाधिकारीलाई समेत थाहा नभएको जिकीर गरे ।

बैठकमा राष्ट्रियसभाका अर्का सांसद राधेश्याम अधिकारीले प्रदेश र स्थानीय तहले पनि कानुन बनाउने भएकाले त्यसको अनुगमनको काम उनीहरु आफैले गर्ने भएकाले सो सम्बन्धमा संघीय कानुनको व्यवस्था गरिरहन नपर्ने बताए ।

समितिको बैठकमा “अनुगमन तथा मूल्यांकन विधेयक, २०७६” सम्बन्धमा छलफल भईरहेको थियो । सांसद अधिकारीले सो विधेयकका प्रस्तावनामा नै प्रदेश र स्थानीय सरकारले बनाएको कानुन समेत अनुगमन गर्ने भनि गरिएको व्यवस्था संघीयता अनुकूल नहुने भन्दै आपत्ति जनाए । उनले प्रदेश र स्थानीय सरकार आफैले आफ्नो कानुन बनाउने भएकाले संघीय कानुनमा ती कानुनहरुको अनुगमन गर्ने व्यवस्था गर्न नहुने तर्क समेत गरे ।

बैठकमा समितिका सभापति परशुराम मेघी गुरुङले सो विधेयकको प्रस्तावनामा छिटो आफ्नो राय दिन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग आग्रह गरेका छन । संघ, प्रदेश तथा स्थानीय तहका विकास आयोजनाको अनुमगन तथा मूल्यांकन गर्न, अनुगमन तथा मूल्यांकनका आधार, चरण, मापदण्ड, अनुगमन मूल्यांकन गर्ने निकाय, राष्ट्रिय विकास समस्या समाधान समिति तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिसहितको कानुनी व्यवस्था गरी विकास पूर्वाधारहरुलाई उपलब्धिमूलक बनाउन अनुमगन तथा मूल्यांकन सम्बन्धि छुट्टै ऐनको आवश्यक्ता देखिएपछि सो विधेयक सरकारले ल्याएको हो ।