समाचार

रिसाएकी प्रेमिकालाई यसरी फकाउनुहोस्


काठमाडौँ – हिजोआज केटाहरूको गर्लफ्रेन्ड हुनु र केटीहरूको ब्वाइफ्रेण्ड हुनु सामान्य भइसकेको छ । केटा र केटीबीचको भावनात्मक अन्तरका कारण उनीहरूको स्वभावमा पनि केही पृथकता पाउन सकिन्छ । विशेषगरी केटाहरूको गुनासो हुने गर्छ: गर्लफ्रेन्ड रिसाएर टेन्सन भो ।

हुनत प्रेममा रिसाउनु र फकाउनुको मजा नै विशेष हुन्छ तर भर्खर(भर्खर प्रेमसम्बन्धमा परेका ठिटाहरूलाई गर्लफ्रेन्ड फकाउने कला थाहा नहुन सक्छ । एउटा आशयले बोलेको कुराको अर्थ अर्कै लगाउँदा वा गर्लफ्रेन्डको कुराकानीको भाव नबुझ्दा केटाहरू एउटा कुरो गर्नुपर्नेमा अर्कै कुरो गर्न पुगेका हुन्छन् । अनि पर्दैन त बित्यास रु रिसले मुख फुलाउँछिन् वा मुन्टो फर्काएर बसिदिन्छिन् । यहाँ सम्म कि कुराकानी नै बन्द गरिदिन्छिन् गर्लफ्रेन्डले । अनि के गर्ने गर्ने ?

केटीहरू केटाहरूको तुलनामा बढी भावुक हुन्छन् । केटाहरूले सामान्य ठानेर बोलेको कठोर कुराले पनि उनीहरूको मनमा गहिरो चोट पर्नसक्छ । यसैले गर्लफ्रेन्ड रिसाएकी छिन् भने केही कुरामा ध्यान पुर्‍याएर उनलाई फकाउने प्रयास गर्न सकिन्छः

यस्ता छन् तपाइको मन पर्ने व्यक्ति रिसाएमा फकाउने उपायहरु

फूल वा चक्लेट दिने : फूल वा चक्लेट भ्यालेनटाइन मा मात्र नभई रिसाएकी प्रेमिकालाइ फकाउनको लागि पनि मद्धत गर्दछ ।

सरप्राइज दिने : यदि तपाईको प्रेमिका धेरै नै रिसाएकी छिन् भने उनलाई फकाउनको लागि कुनै गिफ्ट वा सरी कार्ड, फूल वा उनको मन पर्ने कुनै चिज सिधै उनको घरमा पठाउनुहोस् ।

माफी माग्ने : यदि तपाईको प्रेमिका तपाईको कुनै कुराले वा कुनै कारणले गर्दा रिसाएकी छिन् भने एक चोटि माफी माग्नुहोस् । मन परेको ठाउँमा घुमाउन लैजानुहोस् ।

शान्त भएर कुरा सुन्ने, रिस नदेखाउने : ब्वाइफ्रेन्डले आफ्नो कुरा ध्यानपूर्वक सुनोस् भन्ने चाहना हरेक गर्लफ्रेन्डको हुन्छ । जब उनी रिसाएकी छिन् भने आफ्नो कुरो जबर्जस्ती राख्ने प्रयास गर्नुभन्दा जे जे भने पनि ध्यापूर्वक सुन्नु राम्रो हुन्छ । फाल्तु नै कुरा गरिरहे पनि केहीबेर धैर्यपूर्वक कुरा सुनिदिने हो भने उनको मन पनि बिस्तारै पग्लन थाल्छ र उनले आफूलाई महत्व दिएको ठान्छिन् । त्यसैले पहिले गर्लफ्रेन्डको कुरा सुनिसकेपछि मात्र आफ्नो कुरा राख्नुपर्छ ।

पुरानो कुरा बिर्सने : दुवैजनाले पुरानो कुरा बिर्सेर लडाइँझगडा गर्ने मुड त्याग्नु सबैभन्दा राम्रो उपाय हो । पुराना कुरालाई मनमा लिइराख्दा त्यसले तनाव सिवाय केही दिँदैन । यसको परिणाम सम्बन्ध नै ब्रेक हुने अवस्थासम्म पुग्छ । गर्लफ्रेन्डसँग सम्बन्ध नबिग्रोस् भन्ने चाहना छ भने पुरानो कुरा बिर्सेर अघि बढौं भन्ने प्रस्तव आफैंले राख्नुपर्छ । उनको अगाडि परेर बोल्ने हिम्म नभए टेक्स्ट म्यासेज पठाउन सकिन्छ । म्यासेज पठाउँदा अन्तमा स्माइली बनाउन भुल्नु हुँदैन ।

तिमी रिसाउँदा झन् राम्री देखिन्छ्यौ : रिसाउँदा झनै राम्री रिसाइद्यौ न बिन्ती ‘। भन्ने चर्चित गीत नै छ । गर्लफ्रेन्डलाई तिमी राम्री र हट छ्यौ भनियो भने उनी पग्लन बेर मान्दिनन् । तर याद राख्नुपर्ने कुरा के छ भने यो भनाइ बनावटी लाग्ने खालको हुनु हुँदैन । यो कुरालाई बोलीबाट व्यक्त गरिसकेपछि शारीरिक निकटता देखाएर समेत अझ प्रभावकारी ढंगले अभिव्यक्त गर्न सकिन्छ ।