राजनीति

तीनजना स्वास्थ्य पदाधिकारीहरुको सरुवा तत्काल रोक्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको तीनजना स्वास्थ्य पदाधिकारीहरुको सरुवा तत्काल रोक्न निर्देशन दिनुभएको छ।

सोमबार वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा.जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीनजना सहचिवहरुको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । ।

एघारौँ तहका कर्मचारीको सरुवा राज्यमन्त्रीस्तरबाट हुन नसक्ने भन्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको मन्त्रालय स्रोतले जनाएको छ ।