समाचार

न्याय सेवा आयोगले माग्यो १८ जना न्यायाधीशका लागि दरखास्त



काठमाडौँ – न्याय सेवा आयोगले १८ जना न्यायाधीशका लागि दरखास्त माग गरेको छ । न्याय सेवा आयोगले मंगलबार विज्ञापन प्रकाशन गरी १८ जना न्यायाधीशका लागि दरखास्त आह्वान गरेको हो ।

आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने विज्ञापनमा उल्लेख गरिएको छ । विज्ञापनका अनुसार नेपालको संविधानको धारा १४९ को उपधारा २ को खण्ड ‘ख’ र ‘ग’ बमोजिम खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने छ ।

योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र दरखास्त आह्वान गर्नु पर्ने हुन्छ । त्यसैगरी दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र दरखास्त दिन पाउने व्यवस्था पनि गरिएको छ ।

दरखास्त आह्वान गर्नेहरुले १।विधिशास्त्र, संवैधानिक कानून र कानून प्रणाली २।देवानी कानून र देवानी कार्यविधि, ३।फौजदारी कानून र फौजदारी कार्यविधि र ५ मिसिल अध्ययनमा फैलसा लेखन र आदेश लेखनको परीक्षा दिनु पर्ने छ ।

लिखित परीक्षा कार्यक्रम असोज १२ देखि १७ गतेसम्म तोकिएको छ ।