राजनीति

स्थगित एमाले स्थायी समिति बैठक आज बस्दै


काठमाडौँ – पार्टी एकताको लागि भन्दै शनिबार स्थगित भएको एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे लतिलपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय विभागलाई पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण तथा वितरणका विषयमा छलफल हुने छ । कार्यदलमा भएका छलफलबारे नेम्वाङले बैठकमा ब्रिफिङ गरेपछि अध्यक्ष केपी ओलीले आज दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । तर, अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल भने अडानबाट तलमाथि हुनुभएको छैन । ओलीले शनिबार मात्रै नेपाललाई राष्ट्रद्रोही र आन्दोलनविरोधी भएको भन्दै पार्टीमा स्थान नभएको बताउनुभएको थियो ।