राजनीति

देउवा र शीर्ष नेताहरुबीच क्रियाशील सदस्यताका बारेमा छलफल


काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ । आज बिहान सभापति देउवाले आफू पक्षीय क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गर्नुभएको हो ।

छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो । छलफलमा नेताहरुले पनि आफ्नो क्षेत्रमा देखिएको समस्या सुनाएका थिए । छलफलमा देउवाले महाधिवेशनको आन्तरिक तयारीमा पनि जोड दिन र जित्ने गरी तयारीमा जुट्न नेताहरुलाई दिनुभएको छ ।