समाज

पोखरीमा डुबेर वृद्धको मृत्यु


काठमाडौँ – झापाको भद्रपुर नगरपालिका–९ का ६५ वर्षीय बुद्ध धनसिंह राजवंशीको घर नजिकैको माछापोखरीमा डुबेर ज्यान गएको छ ।

शुक्रबार दिउँसोदेखि हराइरहेका राजवंशी शनिबार बिहान सोही स्थानकै माछा पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव प्रदेश नम्बर १ को विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पोखरीबाट निकालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।