समाचार

गोरखामा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु


काठमाडौँ – पहिरोले घर पुरिंदा गोरखामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा ८६ वर्षीय रमन पाण्डे र उनका श्रीमती ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिनुभयो । गएराति घरमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।