समाचार

मुलपानीमा टिपर टहरोमा खस्दा दुई जनाको मृत्यु


काठमाडौँ – काठमाडौँको मुलपानी नजिकै टिपर खस्दा दुई जनाको मृत्यु भएको छ । टिपर खस्दा टहरामा सुतिरहेका दम्पतीको मृत्यु भएको हो ।

बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर सडकबाट खसेर टहरोमा परेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्ती रहेको काठमाडौँ परिसरका प्रहरी निरीक्षक अनिल अधिकारीले जानकारी दिनुभयो । टिपर चालक गोविन्द घलान पक्राउ परेका छन्।