समाचार

पूर्वी राप्ती नदीको बाढी खतराको तहमा पुग्यो


काठमाडौँ – मकवानपुरको पूर्वी राप्ती नदीको बाढीले खतराको तह पार गरेको छ । रजैया बाढी मापन केन्द्रमा पूर्वी राप्ती नदीको जलसतह खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागको बाढी पूवार्नुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्वी राप्ती नदीको बाढीले चितवन लगायत तल्लो तटीय क्षेत्रका बस्ती डुबानमा पर्ने खतरा छ । शुक्रबार पनि राप्ती नदीको बाढीले चितवनको सौराहा लगायतका क्षेत्रमा डुबान भएको थियो ।

पूर्वी राप्ती नदीमा बाढी आएकाले डुबान पर्ने सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।