देश

कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाको स्थानीयद्वारा विरोध


काठमाडौँ – तिनाउ खोला वरपरका स्थानीयले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना आफुहरुको अहितमा रहेको भन्दै विरोध गरेका छन् । केन्द्रीय सरकारले गण्डकी प्रदेशको भुगोल, प्राकृतिक स्रोत र सम्पदामाथि नै अतिक्रमण गरेको भन्दै उनीहरुले योजना बनेमा तिनाउ बजार नै जोखिममा पर्ने बताए ।

अहिले पनि बुटवल र आसपासका बासिन्दाले पिउने पानीको समस्या भोग्नुपरिरहेको भन्दै उनीहरुले आयोजना बनेको अवस्थामा खेतबारीमा पनि सिंचाईको समस्या हुने दाबी गरेका थिए । कालीगण्डकी उपत्यकामा रहेका १० वटा स्थानीय तह अन्र्तगको जग्ग्गा मरुभुमीमा परिणत हुने र पानीको हाहाकार हुने स्थानीयको भनाई छ ।

स्थानीयले अर्थमन्त्री विष्णु पौडेलले चुनावी नाराका रुपमा आयोजनालाई अघि सारेको आरोप लगाएका छन् ।