राजनीति

सर्वोच्चद्वारा चार जनप्रतिनिधिलाई कारबाही गर्ने माओवादी केन्द्रको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश


काठमाडौँ – सर्वोच्च अदालतले चार जना जनप्रतिनिधिलाई कारबाही गर्ने माओवादी केन्द्रले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. कुमार चुडालेको एकल इजलासले कैलालीका नगरपालका र गाउँपालिकाका एक उपप्रमुख र तीन जना वडाध्यक्षलाई कारबाही गर्ने माओवादी केन्द्रको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश जारी गरेको हो ।

निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको र आफैँ संलग्न भई अर्को दल गठन गरेको एकिन अवस्था नदेखिएको भन्दै अदालतले कारबाहीको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

भजनी नगरपालिकाकी उपप्रमुख छायाँदेवी देवकोटा, गौरीगंगा नगपालिका वडा नम्बर ४ की वडाध्यक्ष भागरथी विष्ट तिमिल्सेना, गोदावरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्ट र बदैगोरिया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष पुरनसिंह विसीले आफूविरुद्ध गरिएको कारबाहीबारे अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।