देश

मुग्लिन–नारायणगढ सडकको चारकिलोमा पुन पहिरो, सडक अवरुद्ध


काठमाडौँ – मुग्लिन–नारायणगढ सडकको चारकिलोमा फेरि पहिरो आएर सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान ५ बजेबाट बन्द रहेको उक्त सडकखण्ड दिनभर सञ्चालनमा आउन सकेको छैन । फेरि पहिरो थपिएपछि राति सडक सञ्चालन हुने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शुक्रबार बिहानै गएको पहिरो हटाउने क्रममा पुनः माथिबाट ठूलो पहिरो थपिएपछि सडक खुल्ने सम्भावना कम भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताउनुभयो ।