राजनीति

राप्रपामा कुनै पनि वैचारिक तथा सैद्धान्तिक मतभेद छैनः कमल थापा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपामा कुनै पनि बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पार्नुभएको छ । अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमार्फत राप्रपामा वैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पार्नुभएको छ । उहाँले राप्रपामा केही निष्क्रियता भएपनि महाधिवेशनपछि त्यसको समेत निराकरण हुने धारणा राख्नुभएको हो ।

https://twitter.com/KTnepal/status/1410843980573528064

साथै उहाँले त्रय अध्यक्षबीच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी भएको र शनिवार बस्ने निर्देशन समितिको बैठकले महाधिवेशनको मिति निर्धारण गर्ने जानकारी दिनुभएको छ ।