राजनीति

एमालेको बैठकमा बामदेव गौतम सहभागी हुने


काठमाडौँ – एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुने भएका छन् । अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी बालुवाटार गएको उनको सचिवालयले जनाएको छ ।

साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वीकारेर बैठकमा सहभागी हुन नेताहरुलाई पत्र पठाएका छन् । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सबैलाई नवौं महाधिवेशनबाट निर्वाचित पदीय हैसियत सम्बोधन गरेर पत्र पठाइएको छ ।

तर यो बैठकलाई अध्यक्ष ओलीले १३औं केन्द्रीय कमिटी बैठक भनेका छन् । नवौं बैठक पछाडिको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित छन् ।