समाचार

धैरै सोझो नहुनुस्, वनमा सोझा रुख नै काटिन्छन्


काठमाडौँ – धेरै सोझो भएर बस्नु हुँदैन । वनमा गएर हेर्नुस् त सोझा रुखहरू नै काटिएका छन् । बाङ्गाचाहिँ उभिएकै छन् ।

चाणक्य भन्छन्, विगतको शोक गर्नुहुँदैन । भावीको चिन्ता किन गर्नु ! बरु वर्तमानमा प्रवृत्त हुनुपर्छ ।

सामर्थ्यवान् व्यक्तिका लागि कुन काम कठिन हुन्छ ? व्यवसाय गर्नेका लागि कुन ठाउँ टाढा हुन्छरु विद्वानका लागि विदेश कुन हो ? मीठा वचन बोल्नेका लागि पराइ को छ ?