राजनीति

ओली-नेपालबीच टेलिफोनमा कुराकानी : केन्द्रीय कमिटी बैठकअघि दुई पक्षबीच भेटवार्ता हुँदै


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी शर्मा र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बिहीबार राति अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद भएको हो । उहाँका अनुसार आज केन्द्रीय कमिटीको बैठक बस्नुभन्दा अघि अहिले बिहान दुई (ओली–नेपाल) पक्षका दोस्रो तहका नेताबीच वार्ता हुन लागेको हो ।

तर वार्तामा सहभागी हुने नेता र स्थान भने निश्चित भइनसकेको बताउनुभयो । ‘अब केही बेरमा कतै नेताहरू वार्तामा बस्नुहुन्छ,’ ।

तर अहिलेसम्म यसअघि निर्धारित आज बस्ने एमाले केन्द्रीय कमिटी बैठकको समयमा भने कुनै फेरबदल नभएको पनि कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ ।