देश

नारायणगढ–मुग्लिन सडकखण्ड पुन: अवरुद्ध


काठमाडौँ – नारायणगढ–मुग्लिन सडकखण्ड फेरि पनि अवरुद्ध भएको छ । दुईतर्फी सञ्चालनमा आएको केही समय नबित्दै सो सडकखण्ड बन्द भएको हो । पहिरोका कारण बन्द भएको उक्त सडक बिहीबर दिउँसो ३ बजे सञ्चालनमा आएको थियो ।

भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो गएपछि फेरि सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले हाल दुईवटा डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ ।