देश

नदीमा फसेका तीन जनाको सकुशल उद्धार


काठमाडौँ – सशस्त्र प्रहरीले कमला नदीको बीच टापुमा फसेका तीनजनालाई सकुशल उद्धार गरेको छ । धनुषाको गणेशमान नगरपालिका–८ मा तरकारी कुर्न गएका उनीहरु निरन्तर आएको वर्षाका कारण नदीको बीचमा नै फसेका थिए ।

सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माका अनुसार सोही ठाउँको लभटोली बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई उद्धार गरिएको थियो ।
उनीहरुको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमान्डमा सशस्त्र प्रहरी खटिएका थिए ।