समाचार

मदन पुरस्कारका लागि ९ पुस्तक छानिए


काठमाडौँ – २०७७ को मदन पुरस्कारका लागि उत्कृष्ट सूचीमा ९ पुस्तक परेका छन् ।

मदन पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको पुस्तकको सूचीमा एकलव्यको देब्रे हात, करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह रहेका छन् ।

मदन पुरस्कार गुठीका अनुसार पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएकामध्ये उत्कृष्ट ९ छनोट भएका हुन् ।