समाचार

दार्चुलाका पूर्व सांसद अकबरबहादुर सिंहको निधन


काठमाडौँ – दार्चुलाका पूर्व सांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा काठमाडौँको गौशाला तिलगंगामा आज निधन भएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका–५ निवासी सिंह २०४८ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

सो समयमा राप्रपाबाट सांसद निर्वाचित हुनु चानचुने विजय थिएन्। सिंह लगायतका तत्कालीन ४ सांसदहरूको विजय केवल उनीहरुको निजी विजय वा खुशी मात्र थिएन।

२०४६ को परिवर्तनको राप, ताप र परिवर्तनकारी शक्तिका उन्मादका बीच जन्मिएको नवोदित पार्टी राप्रपाप्रति जनअनुमोदन र भविष्यमा पार्टी बन्नेछ भन्ने आशा, भरोसाको विजय थियो।