राजनीति

बाघ र मान्छेबीचको द्धन्द्ध कसरी घटाउने ? (भिडियोसहित)


काठमाडौँ – आज विश्व बाघ दिवश । नेपालमा बाघको संख्या बढेर अहिले २ सय ३५ पुगेको छ । तर बाघको संख्या बढ्दै जानु खुशीको कुरा भएपनि यसबाट हुने आक्रमणको क्षति भने डरलाग्दो छ । लगातार मानिसमाथि आक्रमण भएपछि बाघको बासस्थानमा समस्या भएको हुनसक्ने विज्ञहरूकोे ठम्याई छ ।

बाघको संख्या घट्दै गएपछि लोप हुन नदिन यसको संरक्षणका लागि विश्व बाघ दिवस मनाउन थालिएको हो । नेपालमा पनि बाघको संख्या बढाउने सरकारको लक्ष्य पुरा हुदै गईरहेको छ । सरकारले सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ । तर नेपालमा बाघको सङ्ख्या बढिरहँदा जोखिम पनि थपिएको छ । तथ्याङ हेर्ने हो भने बर्दियामा गएको आर्थिक वर्षमा मात्रै बाघको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । तर सरकारले बाघको संख्या बढाउँदै लैजाने रणनीति लिएपनि बासस्थानलाई सुरक्षित गराउन तर्फ खासै ध्यान दिएको पाइदैन ।

परिणामत बाघको आक्रमणका घटना बढिरहेका छन् । सरकारले बाघको बासस्थानका लागि जंगल जोगाउने तर्फ ध्यान पुर्याउन नसक्दा यसबाट हुने जोखिमका घटनाहरु बढिरेहका छन् । सरकारले बाघ र मानिसका विचमा समस्या रहेको स्वीकार्दैै ती समस्याहरुको समाधानका उपाय निकालिने बताउँदै आएको छ ।

नेपालले विसं २०६७ सालदेखि बाघ दिवस मनाउँदै आएको हो । तर बाघको चोरी शिकारी, मानवीय आतंक, वन अतिक्रमण लगायतका विभिन्न कारणले बाघको संरक्षणमा भने चुनौती देखिदै आएको छ ।
सम्बन्धित निकायहरूले यी पक्षहरू पहिल्याएर बाघबाट जोगिने उपायहरू अपनाउँदै जान आवश्यक रहेको विज्ञहरुले बताउँदै आएका छन् । बाघको संख्या बढेर मानिसमाथि आक्रमण भएको नभई बासस्थान साधुरिदै जादा बाघ बस्तीमा पस्दा दुर्घटना निम्तने गरेको विज्ञहरु बताउँछन् । तर बाघको रक्षामा सबैले ध्यान पु¥याए र प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुनेछ ।

बाघ संरक्षणमा नेपालको प्रयासलाई अन्तराष्ट्रिय जगतले पनि प्रशंसा गर्दै आउको छ । तर नेपाल सरकारले बाघको संरक्षणसँगै मानव र बाघबचिको द्धन्द घटाउन पनि उचित योजना ल्याउन आवश्यक छ ।