राजनीति

पूर्वमाओवादीका चार नेताको मुद्दा ‘हेर्न नभ्याइने’ मा


काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा बिहीवार सुनुवाइ हुन सकेन । न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो । आफूहरु नेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद पद कायम राख्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका थिए ।

पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरु माओवादीमै रहेको र गैरकानुनी ढंगले कारबाही गरेको भन्दै सांसद पद पुनर्बहालीको माग गर्दै बुधबार रिट दायर गरेका थिए । उनीहरु चारै जनाको रिटको पेशी बिहीबार तोकिए पनि अन्तिममा हेर्न नभ्याइने सूचीमा परेको अदालतले जनाएको छ ।