राजनीति

माधव नेपाल समूह सरकारमा नजाने


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एमाले नेता डा. विजय पौडेलले आफूहरु अहिले तत्काल सरकारमा जाने अवस्था नरहेको बताउनुभएको थियो । सहभागी एक नेता पौडेलले अहिले पार्टी एकताको प्रयासमा रहेकाले तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताउनुभएको थियो ।

पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गर्नुभएको थियो । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं,’ डा. पौडेलले भन्नुभयो ।