समाचार

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


काठमाडौँ – गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जीपमा सवार १० जनामध्ये तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार अहिलेसम्म मृतकको पहिचान हुन सकेको छैन । शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोटमा दुर्घटना भएको शर्माले जानकारी दिइन् ।

जीपमा सवार एक जना गम्भिर घाइते भएका छन् । सबै घाइतेको उद्धार भइरहेको छ । जीपमा रहेका एक जना बच्चा भेटाउन सकिएको छैन । उनीहरुलाई सदरमुकाम तम्घास ल्याउने तयारी भएको उनले जानकारी दिइन् ।