राजनीति

मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ गठबन्धनमा छलफल हुँदै


काठमाडौँ – मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबनधनको बैठक बस्दैछ । प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले केहीबेरमा बैठक बस्ने गठबन्धनका नेता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।


गठबनन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा रहेका छन् । जसपाले आधिकारिकता टुंगो लागेपछि सरकारमा जाने बताएकाले आज गठबन्धनको बैठक बोलाइएको हो । जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ । गठबन्धनका अरु दलबीच मन्त्रालयको भागबण्डा मिलाउने र आ–आफ्नो दलबाट मन्त्री छानेर तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिएको छ ।

एमालेको नेपाल पक्षले सरकारमा जाने–नजाने बारे निर्णय गरिसकेको छैन । कांग्रेसले ९, माओवादी केन्द्रले ७, जसपा र माधव समूहले ४–४ मन्त्रालय लिने गरी प्रारम्भिक मस्यौदा तयार भएको नेताहरूले बताएका छन् ।