राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालबीच भेटवार्ता



काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको उहाँले बताउनुभयो । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने विषय पनि छलफल भएको बताइएको छ ।

यसअघि प्रचण्डले नेता नेपालसँग छलफल गर्नुभएको थियो । पछिल्लो समय प्रचण्डले राजनीतिक छलफललाई तिब्रता दिनुभएको छ ।