राजनीति

रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दा हुन्छ: खगेन्द्र संग्रौला



काठमाडौँ –लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दा हुने बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत संग्रौलाले यस्तो बताउनुभएको हो। संग्रौलाले ट्विट गर्दै ,‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ । कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरुक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि ’ भन्नुभएको छ ।

अध्यक्ष मिश्रले सोमबार संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको थियो । सोही प्रस्तावलाई लिएर संग्रौलाले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

मिश्रको प्रस्तावलाई लिएर अहिले चारैतिर चर्को आलोचना भइरहेको छ । विवेकशीलकै नेता मिलन पाण्डेले मिश्रको प्रस्तावमा मतभेद देखाएका छन् ।

यसले हामीलाई फेरि वैकल्पिक राजनीति र हिजो हामीले संविधानवाद र प्राप्त उपलब्धि भनेर जे भनेका थियौँ, त्यसमाथि प्रश्न उठाएको छ, हामी छलफलमा रहेका छौँ ।’ भन्दै लेख्नुभएको छ । पाण्डेले मिश्रको धारणा पार्टीको आधिकारिक धारणा नभएको र यसबारेमा पार्टीमा छलफल गरिने पनि बताएका छन् ।