राजनीति

रवीन्द्र मिश्रको जनमत संग्रहको प्रस्तावमा राप्रपा अध्यक्ष कमल थापा खुसी



काठमाडौँ – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सोमबार संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि राप्रपा अध्यक्ष कमल थापाले त्यसलाई सफलता भन्नुभएको छ ।

सोमबार मिश्रले व्यक्तिगत प्रस्ताव भन्दै संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव सार्वजनिक गर्नुभएको थियो ।

वैकल्पिक शक्ति दाबी गर्नेहरूले संघीयताको विरोध गरेको भन्दै आलोचना भइरहेका बेला राप्रपा अध्यक्ष थापा भने खुसी देखिनुभएको हो ।
ट्वीट गर्दै थापाले ‘विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ती विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो।’ भन्नुभएको छ ।

उहाँले आफूहरू सही बाटोमा रहेको यसबाट प्रमाणित हुँदै जाने दाबी पनि गर्नुभएको छ।