समाचार

गृहमन्त्री र प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन : निर्मलाको हत्यारालाई चाँडो पक्राउ गर्नू


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गर्न निर्देशन दिएका छन् । आइतबार गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर प्रधानमन्त्री देउवाले निर्मलाको हत्यामा संलग्नलाई चाँडो कारबाही गर्न निर्देशन दिएका हुन् ।

ट्विटरमार्फत देउवाले भनेका छन्,“निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।”

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । हत्या भएको तीन वर्ष पुगिसक्दा पनि दोषी पत्ता लागेको छैन ।