राजनीति

जसपा अध्यक्ष ठाकुरको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश


काठमाडौँ – सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको निर्वाचन आयोगले साउन ११ का लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाएको छ ।

आयोगको उक्त निर्णयविरूद्ध ठाकुर सर्वोच्चमा पुगेका थिए । उनले उक्त सनाखत रोक्न माग गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो ।