देश

नवलपरासीमा पाँच वर्षे बालिकाको हत्या


काठमाडौँ – नवलपरासीमा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको ज्यान गएको छ । मादक पदार्थ सेवन गरी आफ्नै मामासँग झगडा पर्दा देवचुली–६ का कर्णबहादुर सारुले पाँच महिने बालिकाको ज्यान लिएको हो ।

शुक्रबार सारुले मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए । पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको हो ।

घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।