देश

गृहको प्रवक्तको जिम्मा सह–सचिव फणिन्द्रमणि पोखरेललाई


काठमाडौँ – नेपाल सरकारले सह–सचिव फणिन्द्रमणि पोखरेललाई गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको छ । उनलाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

शुक्रवार मन्त्रालयले त्यसबारे निर्णय गरेको हो । पोखरेलले कारागार ब्यवस्थापन विभागका महानिर्देशक रहेका पनि काम गरिसकेका छन् । उनीसँग गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको रुपमा कार्यभार समालेको अनुभव पनि छ ।

पोखरेलले तराईका ५ र पहाडी क्षेत्रका दुईवटा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले कोशी बाढी पीडितको राहतमा पनि सक्रिय भइ काम गरेका थिए ।