राजनीति

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि आज सकिँदै, के होला अबको स्थिति ?


काठमाडौँ– काठमाडौँ उपत्यकामा लागू निषेधाज्ञाको अवधि साउन १० गते मध्यरातिबाट सकिँदै छ। अहिलेको स्थिति हेर्ने हो भने निषेधाज्ञा नाममा मात्रै सीमित रहेको देखिएको छ जसका कारण कोरोना संक्रमितको संख्या पनि बढेको छ । अब निषेधाज्ञा थप हुन्छ कि हुँदैन? आम जिज्ञासा छ।

निषेधाज्ञा सकिने अवधि नजिकिँदै जाँदा पनि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुसँग कुनै अब कसरी अगाडी बढ्ने भन्ने बारे कुनै योजना छैन । सीडीओबीच अहिलेसम्म यस विषयमा कुनै पनि छलफल भएको छैन । आज सीडीओबो बैठक हुन्छ वा हुँदैन भन्नेमा पनि अनिश्चितता छ ।

यसबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्र लामो दूरीका सवारीसाधन आवतजावत पनि खुला गरिसकेको छ। यद्यपी लामो दूरीको सवारी चल्न दिनुको कारण कोरोना संक्रमितको संख्या नियन्त्रणमा आएको नभई त्रिविले परीक्षा सञ्चालन गर्ने भएपछि विद्याथीहरुलाई उपत्याका प्रवेश गराउने रहेको थियो ।

कोरोना नियन्त्रणका लागि भनेर गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै थप्दै आज साउन १० गतेसम्म पुर्याइएको हो। निषेधाज्ञा थप्ने क्रममा क्रमशः खुुकुलो पनि बनाउँदै लगिएको छ।