राजनीति

प्रचण्डको मायामोहले माधवलाई एमालेमा एक रहन दिएन् (भिडियोसहित)


काठमाडौँ – दुई शिर्ष नेताले एकअर्काप्रति आक्षेपपूर्ण अभिव्यक्ति दिइरहँदा एमालेमा एकता प्रयास थप जटिल बनेको छ । दुई नेता नै एकता विपरितका गतिविधिमा दीलोज्यान दिएर लागिपरेपछि एमालेमा सत्यानाशबाहेकको विकल्प नभएको विश्लेषकहरु बताउँछन् ।

आफूलाई सरल र सादगी नेताका रूपमा प्रस्तुत गर्दा दंग पर्ने तर अडान नभएको नेताका रूपमा चित्रित गर्दा चित्त दुखाउदै आएका एमाले वरिष्ठ माधवकुमार नेपालको पछिल्लो अडानकै कारण सत्ताको बागडोर नै फेरबदल भएको छ । जुन अडानले सबैभन्दा धेरै चित्त निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको दुखाएको छ ।

आफ्नै पार्टीको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्तामा पु¥याउन पहरा बनेपछि नेता नेपाललाई अध्यक्ष ओलीलेवालुवाटारबाट बालकोटकोबार्दलीमा पुगेर गद्दार घोषणा गरेका थिए । ओलीको घोषणापछि अब फेरि ओली–नेपाल एक भएर बस्ने अवस्था अन्त्य भएको निष्कर्ष पनि निकालिएका छन् ।किनकि ओलीभित्र यति आक्रोश भरिएको छ कि,उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टिकरण सोधे र त्यसको जवाफ पनि सांसदहरुले फर्काएका छन् । तर विहिबार एकाएक ओलीले विगतकोगल्ती स्वीकार्दै सच्यिएर आए आममाफि दिने घोषणा गरे ।

ओलीको आममाफी दिने घोषणालाई वरिष्ठ नेता नेपालले भने एकदिन पनि टिक्न दिएनन् ।विगतलाई भुलेर आत्मसमर्पणसहित आए मिलेर आममाफी दिने र एकता गर्ने ओलीको वचनलाई नेपालले महामहिम श्री ५ महाराजधिराजको आदेश आयो भनेर शुक्रबार व्यङग्य गरे ।उनले स्पष्टिकरण सोध्नु गल्ती थियो भन्नुपर्नेमा आममाफी दिए भनेको भन्दै विरोध मात्रै जनाएनन्, ओली सुध्रिएको संकेत नमिलेको भन्दै दुख व्यक्त गरे ।

नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै एमालेमा जारी विवाद ‘निर्णायक’ दिशातिर उन्मुख छ । यही बेला ओली र नेपालले एकअर्काप्रति आक्षेपपूर्ण अभिव्यक्ति दिइरहँदा एकता प्रयास थप जटिल बनेको विश्लेषण भइरहेका छन् । पछिल्लो समयपार्टी एकताका लागि ओली भारी लचक भएपनि माधवलाई प्रचण्ड प्रभावले फर्किन नदिएको विश्लेषकहरु बताउँछन् ।

माधव पक्षले शुरुमा पार्टीलाई २०७५ जेठ २ मा फर्काए एकता हुने बताएको थियो । यसका लागि कार्यदलसमेत गठन भएर १० बँुदे सहमति गरिएको छ । त्यसयता प्रधानमन्त्रीबाट राजीनामा दिन एकता हुने बताउँदै आएका बेला असार २८ मा सर्वाेच्चले ओलीको पद खोसिदिएको छ । अब माधव पक्षका कतिपय नेताहरुले ओलीले अध्यक्ष छाड्नुपर्ने बताउँन थालेका छन् ।

ओली अध्यक्ष छाड्ने नभई नेपाललाई दोस्रो अध्यक्ष बनाएर जान तयार भएका छन् ।तर नेता नेपालले अपमानजनक एकताभन्दा विद्रोहकै विकल्पमा जाने स्पष्ट पारेका छन् ।शुक्रबार मात्रै उनले आफ्नै घरबाट निस्किन कसैलाई मन नहुने तर अपमान सहेर नबस्ने दाबी गरेका थिए ।