समाचार

खालिङ भाषाको बृत्तचित्र सार्वजनिक


काठमाडौँ – खालिङहरुको आदिम पूर्खा माप्य र दिक्प्यको छायाँचित्र तथा खालिङ भाषा बृत्तचित्र लोकार्पण गरिएको छ । किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिद्धारा शनिबार काठमाडौँमा आयोजित एक विशेष समारोहबीच संघीय सांसद हेमकुमार राई (सुरबीर)ले स्केच र बृत्तचित्रको औपचारिक लोकार्पण गर्नुभएको हो ।

माप्य र दिक्प्यको छायाँचित्र सम्बन्धि अवधारणा खालिङ संस्था अमेरिका शाखाको पहलमा तयार गरिएको थियो । सोही अवधारणामाथि विभिन्न तह र तप्कामा छलफलपछि यसलाई पूर्ण तिइएको हो । माप्य र दिक्प्यसम्बन्धि प्राग इतिहास र साँस्कृतिक पक्षहरुबारे थुप्रै लिखित र मौखिक आधारहरु तयार गर्ने क्रममा छायाँचित्र तयार गरिएको हो ।

खालिङ वास बृत्तचित्र भने सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको आर्थिक सहयोगमा तयार गरिएको हो । बृत्तचित्रमार्फत समुदायको जिवन्त भाषा, भेषभूषा र संस्कार संस्कृतिहरुलाई निक्कै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । सोही अवसरमा समुदायले काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १, सांलामा निर्माण गर्न लागेको खालिङ तम्र म्योलकम (साँस्कृतिक भवन)को थ्रीडी सहितको अवधारणा प्रस्तुत गरिएको छ ।