राजनीति

योगेश भट्टराईको माग : अखिल र युथ फोर्सजस्ता बाहुबली समूह तत्काल खारेज गर्नुपर्छ


काठमाडौँ — नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गरेका छन् ।


भट्टराईले अनेरास्ववियू र युवा संघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका अखिल र युथ फोर्सको कुनै औचित्य नभएको उल्लेख गर्दै तत्काल खारेजीको माग गरेका हुन् । समाजमा आत‌कको आभास दिने र युवाहरूलाई कानुन हातमा लिएर राजनीतिलाई आपराधीकरण गर्न उद्दत समूहहरू खारेज हुनुपर्ने भट्टराईको माग छ ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ ।

महेश बस्नेतको चेतावनी : एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं