राजनीति

आतंक छ मेरो दिमागमा, ४९ जना संसाद सबैलाई मन्त्री चाहिएको छ : प्रचण्ड (भिडियोसहित)


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डुले संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको बताए ।

उनले एमसीसीमा भिडाएर झगडा गराउन खोजेको आरोप लगाए । संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए ।