राजनीति

पानीजहाज र रेल ओलीले ल्याइहाल्नुभयो, देउवाले अव के गर्ने ? : प्रकाशमान सिंह(भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावना अनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा एमालेलाई चेतावनी दिनु भएको छ । नेकपा एमालेले अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएको दावी गरिरहेका बेला कांगेस नेता सिंहले संविधानको धारा ७६ को उपधारा ५ राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ? भनि प्रश्न गर्नु भयो ।

उहाँले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हटन बाध्य भएको दावी समेत गर्नु भयो । नेता सिंहले ओली नेतृत्वको सरकारले गैरजिम्मेवार काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवालाई त्यसबाट पाठ सिकेर अघि बढन पनि आग्रह गर्नु भयो ।