राजनीति

निर्वाचन आयोगविरुद्ध महन्थ ठाकुर पुगे सर्वोच्च अदालत


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगले हेरफेर भएको कार्यकारिणी समितिलाई मान्यता नदिएको भन्दै ठाकुरले रिट दायर गरेका हुन् । उनले निर्वाचन आयोगको आदेश बदर हुनुपर्ने माग गरेका छन् ।

आयोगले जसपाको ठाकुर पक्षले कार्यकारिणी समितिमा गरेको हेरेफेरलाई मान्यता नदिएर पुरानै समितिका सदस्यहरूलाई हस्ताक्षर सनाखतका लागि बोलाएको थियो । ठाकुरले निवेदनमा निर्वाचन आयोगको आदेश बदर हुनुपर्ने दाबी गरेका छन् ।